स्याङ्जामा कोभिडबाट १ सय २१ को मृत्यु
नेपालखोज
२०७८ असोज २ गते १२:३३

स्याङ्जा । स्याङ्जामा कोभिड १९ को संक्रमणबाट हालसम्म १ सय २१ जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा ६१ पुरुष र ३७ महिला रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । अन्यको उपचारका क्रममा जिल्लाबाहिर मृत्यु भएको बताइएको छ ।
११ स्थानीय तहमध्ये सबैभन्दा बढी वालिङ नगरपालिकामा २७ जना जनाको मृत्यु भएको छ । सबैभन्दा कम फेदीखोला गाउँपालिकामा एकको ज्यान गएको छ ।
यस्तै गल्याङ नगरपालिकामा २६, पुतलीबजारमा १४, कालीगण्डकी गाउँपालिकामा सात, अर्जुनचौपारी र हरिनासमा ६÷६, भीरकोट नगरपालिकामा पाँच, चापाकोटमा तीन तथा आँधीखोला र बिरुवा गाउँपालिकामा दुई दुुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन् ।
जिल्लामा शुक्रबारसम्म तीन हजार ७२८ पुरुष र तीन हजार १० महिला संक्रमित छन् ।
सम्बन्धित

प्रतिक्रिया