बुधबार, वैशाख २६, २०८१

१३ हजारभन्दा कमका दमदार स्मार्टफोन !

नेपालखोज २०७८ असोज २ गते १२:४६

आइटेल भिजन टु एस एउटा बजेट स्मार्टफोन हो । जसमा अनेकौं विशेष फिचर समावेश छन् ।

काठमाडौं । आइटेलले आफ्नो नयाँ किफायती स्मार्टफोन आइटेल भिजन २-एसलाई केही दिन पहिले मात्र सार्वजनिक गरेको हो ।

यो फोनको अन्तर्राष्ट्रिय बजार मूल्य ११ हजार जस्तो पर्न आउँछ । यस हिसाबले यो फोन नेपालमा १३ हजार रुपैयाँभन्दा कममा उपलब्ध हुने स्मार्टफोन हो । यो फोन तीन कलर अप्सन ग्रेडेसन पर्पल, ग्रेडेसन ब्लु तथा डिप ब्लुमा बजार पठाइएको छ ।

यो स्मार्टफोनमा एक्सक्लुसिभ भीआई अफरका रुपमा एक सय दिनभित्र स्क्रिन फुटे फ्री वन-टाइम स्क्रिन रिप्लेसमेन्टको सुविधा पनि कम्पनीले दिएको छ । यो फोनको खास विशेषताचाहिँ यति कम मूल्यमा पाँच हजार एमएएचको ब्याट्री, डुअल क्यामेरा तथा यसको डिस्प्ले हो ।

यो फोन सिगंल भेरियन्टमा आएको छ । यसको २ जीबी, ३२ जीबी मोडल मात्र उपलब्ध छ । यो मूल्यले आइटेल टुएसलाई रेडमी नाइन-ए, रियलमी सी-टु, पोको सफ-थ्री-जस्ता फोनको प्रतिस्पर्धी बनाएको छ ।

आइटेल भिजन टू-एस स्मार्टफोनमा ६.५२ इन्चको एचडी आईपीएस वाटरड्रप डिस्प्ले उपलब्ध हुन्छ । यसको अस्पेक्ट रेसियो २०.९ छ भने स्क्रिन-टू-बडी रेसियो ९०% छ । यो स्मार्टफोन प्रिमियम डिजाइन र अनेकन एडभान्स फिचर्सका साथ आएको छ । यो फोनमा एआई-एनेबिल्ड भिजन क्यामेरा, फेस अनलक तथा फिगंरप्रिन्ट सेन्सरजस्ता फिचरसमेत समावेश छन् । आइटेल भिजन टू-एस स्मार्टफोनले एन्ड्रोइड ११ (गो एडिसन) अपरेटिङ सिस्टममा काम गर्छ ।

पावरका लागि आइटेलको यो फोनमा पाँच हजार एमएएचको ब्याट्री उपलब्ध छ । यो फोन १३ हजार नेपाली रुपैयाँभन्दा कम मूल्यको दमदार स्मार्टफोन हो ।

आइटेल भिजन टू-एस स्मार्टफोनको रियरमा डुअल एआई क्यामेरा उपलब्ध हुन्छ । यो फोनको प्राइमेरी क्यामेरा ८ मेगापिक्सेलको छ । सेल्फी र भिडियो कलिङका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । जुन ए-आई ब्युटी मोडका साथ उपलब्ध गराइएको छ । आइटेलको यो स्मार्टफोन २ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेजका साथ आएको छ ।

कनेक्टिभिटीका लागि यो फोनमा वाईफाई, फेस अनलक, फिङरप्रिन्ट सेन्सर, ३.५ एमएमको हेडफोन ज्याक तथा माइक्रो यूएसबी चार्जिङ पोर्ट दिइएको छ ।

प्रतिक्रिया