शनिबार, जेठ ५, २०८१

खुल्न थाले अफगानिस्तानका विद्यालय

नेपालखोज २०७८ असोज २ गते १३:४३

काबुल । अफगानिस्तानमा बन्द रहेका विद्यालय खुल्न थालेका छन् । तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि विद्यालय बन्द थिए ।

करीब एक महिनापछि विद्यालय खुल्न थालेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा) हरू शनिबारदेखि सञ्चालनमा आएको अफगानिस्तानको शिक्षामन्त्रालयले जानकारी दिएको छ ।

सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन–अध्यापनमा फर्किन मन्त्रालयले आग्रह गरेको छ ।

यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन् ।

प्रतिक्रिया