काठमाडौं महानगरपालिकाले गर्यो २१ वटा गणेश मन्दिरको पुनर्निर्माण

काठमाडौं । काठमाडौं महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ । शनिवार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औँ गणेश मन्दिरको उद्घाटन गरे ।
इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताए । महानगर पालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण गरिहेको बताए । उनले काठमाडौं महानगरपालिकाभित्र रहेका ३२ वटै वडाका पुरातत्विक तथा ऐतिहासिक कुराहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको बताए ।
मेयर शाक्यले काठमाडौं आउने पर्यटकहरुले काठमाडौं घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरु जोगाइ रहनुपर्ने बताए । उनले काठमाडौंका पुरातात्विक कुराहरुलाई जोगाउनु र पुनर्निर्माण गर्नु महानगरको दायित्व भएकोले पुनर्निर्माणमा दत्तचित्त भएर लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
मेयर शाक्यले कतिपय स्थानमा पुरातत्व विभागसँग समन्वय हुन नसकेको र गुठीसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताए । उनले गुठीको नाममा धेरै सार्वजनिक जग्गा भएकोले महानगरलाई लिजमा दिन पनि आग्रह गरे ।

प्रतिक्रिया