शुक्रबार, वैशाख ७, २०८१

आन्तरिक लोकतन्त्र कमजोर भयो : सभामुख सापकोटा

नेपालखोज २०७८ असोज २ गते १५:५९

काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले आन्तरिक लोकतन्त्र कमजोर भएको जनाएका छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले आज (शनिबार)गरेको कार्यक्रममा उनले सबै राजनीतिक दलमा जिम्मेवारी र कर्तव्यवोधको कमी भएको टिप्पणी गरे । साथै आफू सभामुख भएको दुई वर्षमा आन्तरिक लोकतन्त्र कमजोर भएको महसुुस भएको उनको भनाइ छ ।

उनले अर्को एक प्रसंगमा संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताएका छन् ।संसदको कार्यसम्पादनका धेरै विषयमा सुधार गनुपर्ने आवाश्यकतामाथि उनको जोड छ ।

संसदको प्रभावकारिता सम्बन्धमा आफैं पनि पूर्ण सन्तुष्ट नभएको प्रष्ट पार्दै उनले कार्यसम्पादनमा चुस्त तथा वैज्ञानिक सुधार गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया