शुक्रबार, वैशाख १४, २०८१

महिला एसियन कप-२०२२ : फिलिपिन्ससँग नेपाल २-१ ले पराजित

नेपालखोज २०७८ असोज २ गते १७:४७

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

बलियो टिम फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो । खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । विमलाले हेड मार्फत उत्कृष्ट गोल गरिन् ।

तर, विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् । विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया