बिहीबार, वैशाख १३, २०८१

भरतमणि बने सिजन-२ को कमेडी च्याम्पियन, बिक्की दोस्रो र सन्तोष तेस्रो

नेपालखोज २०७८ असोज २ गते २२:५१

काठमाडौं । नेपाली हास्य रियालिटी शो कमेडी च्याम्पियन सिजन-२ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले उचालेका छन् । आज (शनिबार) राति भएको ग्रान्ड फिनालेमा भरतले कमेडी च्याम्पियनको उपाधि उचालेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ उपहार पाएका छन् ।

पूर्वयुवराज पारस शाह, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, घरबेटी, राजेन्द्र महतोजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका भरतमणिले उपाधि जितेका हुन् ।

कमेडी च्याम्पियनको फर्स्ट रनरअप भारत सिक्किमका बिक्की अग्रवाल बने भने सेकेन्ड रनरअप गोरखा पालुङटारका सन्तोष थापा बने । फर्स्ट रनरअप बनेका अग्रवालले अपाचे मोटरसाइकल हात पारे भने सेकेन्ड रनरअपले थापाले स्कुटर उपहार पाएका छन् ।

कमेडी च्याम्पियनको पहिलो सिजनको विजेता हिमेश पन्त बनेका थिए । आजको शोमा पन्त पनि गेस्ट जजका रुपमा उपस्थित थिए । विशाल भण्डारीले निर्देशन गरेको शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप पौडेल थिए ।

प्रतिक्रिया