‘मौलिक हकमार्फत जनताका अधिकारहरु सुनिश्चित होओस्’

नेपालखोज २०७८ असोज ३ गते ७:४०

काठमाडौं । आज संविधान दिवस , विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसैबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संविधान जारी भएको ऐतिहासिक दिनमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘विभिन्न कालखण्डमा राष्ट्रियता र राष्ट्रिय स्वाधीनता, शान्ति र लोकतन्त्रका लागि भएका आन्दोलन तथा सघर्षहरुमा आफ्नो जीवनको उत्सर्ग गर्नु हुने सम्पूर्ण शहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।’

उनले नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका अधिकारहरुको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गाँस, बास, कपास, स्वास्थ्य, सुरक्षा, शिक्षा, रोजगार, सूचनालगायतमा सबै जनताको पहुँच हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया