बिहीबार, वैशाख ६, २०८१

आईपीएल : आज चेन्नई र मुम्बई भिड्दै

नेपालखोज २०७८ असोज ३ गते ११:१६

काठमाडौं । कोरोना महामारीका कारण बीचमा नै स्थगित आईपीएल २०२१ को बाँकी खेल आजबाट सुरु हुँदैछ ।

भारतमा २९ खेल भएपछि गत मेमा केही खेलाडीलाई कोभिड–१९ संक्रमण भएको थियो । त्यसपछि आईपीएल टी–२० क्रिकेटको १४ औं संस्करणका खेल रोकिएका थिए ।

आज दुबईस्थित दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा आज दुई पूर्व विजेता चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

यसअघि पहिलो लेगको खेलमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो । आईपीएलको फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।

प्रतिक्रिया