बुद्धभूमि हाइड्रोको आईपीओ असोज ११ मा, कति कित्ता भर्ने ?
काठमाडौं । बुद्धभूमि हाइड्रो पावर कम्पनीले यही असोज ११ गतेबाट आठ करोड रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्समार्फत एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री गरिने उक्त सेयरमध्ये पाँच प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि, दुई प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूका लागि र बाँकी रहेको सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
हाल २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ । साधारण सेयरको बिक्री कार्य भने छिटोमा यही असोज १४ गते र ढिलोमा यही असोज २५ गते बन्द हुनेछ ।
प्रतिक्रिया