बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पूर्वाञ्चलकै पहिलो अनलाइन टिकट सेवा सुरु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले शुक्रबारबाट बिरामीको टिकट वितरणमा डिजिटल सेवाको सुरुवात गरेको छ । प्रतिष्ठानको मोबाइल एप्लिकेसनमार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवा पूर्वाञ्चलमा नै पहिलो हो ।
उक्त सेवाका लागि सेवाग्राहीले एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा गएर बीपी कोईराला इन्श्च्यिुट अफ हेल्थ साईन्स एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । तत्पश्चात एपबाटै टिकट काटेर आफुलाई आवश्यक पर्ने चिकित्सकसंग समय लिन सक्नेछन् ।
उक्त प्रविधिले घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउनेबारे आफू ढुंक भएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा गौरी शंकर शाहले बताए । यो सेवालाई अझ विस्तार गरि ल्याब परिक्षणका रिपोर्टहरु अनलाइनबाटै हेर्न मिल्ने एवं पेईङतर्फको बिरामी नाम दर्तासमेत यथाशिघ्र संचालन गराउन उनले सम्बन्धित सबैमा जानकारी एवं आवश्यक निर्देशन दिएका छन् । उक्त सेवाको उपयोग गर्न बिरामीलाई सहज होस भनि प्रतिष्ठानको टिकट काउन्टर भवनको बाहिरपट्टि अनलाइन टिकट कसरी लिने भनेर सिकाउन सहयोगी समेत राखिएको छ ।
प्रतिक्रिया