शुक्रबार, वैशाख १४, २०८१

यमनको हुथी समूहद्वारा ९ जनालाई मृत्युदण्ड

नेपालखोज २०७८ असोज ३ गते १३:१४

काठमाडौं । तीन वर्ष पहिले आफ्ना सर्वोच्च नेताको हत्यामा संलग्न भएको भन्दै यमनको हुथी समूहले ९ जनालाई मृत्युदण्ड दिएको छ ।

समूहका सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको हत्या प्रकरणमा संलग्न ९ जनालाई गोली प्रहार गरी मृत्यु दण्ड दिईएको हो ।

राजधानी सानाको एक चोकमा उनीहरूलाई मृत्युदण्ड दिइएको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । हुथी समूहको एक अदालतले दोषी ठहर गरेका १६ जनामध्ये ९ जनालाई मृत्युदण्ड दिइएको छ ।

अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसहित अन्य सात जनालाई पनि मुद्दा चलाएको थियो भने उनीहरूलाई पनि हुथी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०१८ को अप्रिलमा यमनकोे पश्चिमी प्रान्त होडैडामा भएको हवाई हमलामा समादसहित अन्य छ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया