बिहीबार, वैशाख १३, २०८१

राष्ट्र बैंकले सोमबार पुनः ११ अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्दै

नेपालखोज २०७८ असोज ३ गते १४:१५


काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार असोज ४ गते सोमबार दिउसाे तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

यसअघि यही भदौ २८ गते पनि राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । जारी मिति असोज पाँच गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।

बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ पुस ६ गते, २०७८ चैत ८ गते र २०७९ असोज ४ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुने ट्रेजरीहरु पुरानो नवीकरण अन्तर्गत रहेका छन् ।

प्रतिक्रिया