बुधबार, वैशाख २६, २०८१

‘प्रभु सेलेक्ट फन्ड विद्यार्थीदेखि गृहिणीसम्मको सुरक्षित र भरपर्दो लगानी हो’ (भिडियाेसहित)

नेपालखोज २०७८ जेठ २ गते १९:१२

अन्तर्वार्ताका हाइलाइट्स :

– प्रभु सेलेक्ट फन्डको कोष प्रबन्धक प्रभु बैंक हो । यो लगानी योजना हो जसमा प्रभु बैंकको १४ करोड तथा प्रभु क्यापिटलको १ करोडबराबरको लगानी रहनेछ ।
– प्रभु क्यापिटल धितोपत्र बोर्डमा दर्ता भएर चलेको नेपालको पुरानो मर्चेन्ट बैंकिङ कम्पनीमध्ये एक हो ।
– प्रभु सेलेक्ट फन्डमा ८ करोड ५० लाख युनिटबराबरको लगानी सर्वसाधारणले गर्न सक्नेछन् । जसको कारोबार जेठ ५ गते प्रारम्भ हुँदै छ ।
– यो इक्विटी ओरिएन्टेड स्किम हो । यसलाई हामीले सामूहिक लगानी योजनाका रुपमा बुझ्न सक्छौं ।
– बजारको पर्याप्त अनुभव वा ज्ञान नभएका, भनेजति समय दिन नसक्ने तथा धेरै जोखिम लिन नचाहनेहरुले यो योजनाबाट लाभ लिनसक्नु हुन्छ । यो आफ्नो बचतलाई लगानीमा परिणत गर्ने अवसर पनि हो ।
– गृहिणी, विद्यार्थी वा अरु कोही जो सेयर बजारबारे कम जानकारी राख्नुहुन्छ तर यस विषयमा सिक्न, बुझ्न चाहनुहुन्छ उहाँहरुले यसबाट अतिरिक्त फाइदा लिन सक्नुहुन्छ ।
– यो सुरक्षित अनि उच्च प्रतिफल दिने योजना हो ।
– हामीले वार्षिक औसतमा बीस प्रतिशत प्रतिफल दिन सक्ने प्रक्षेपण गरेका छौं । यसको अर्थ सात वर्षमा लगानीको तीन गुणाभन्दा बढी प्रतिफल प्राप्त हुन्छ भन्ने हो ।
– हामी हाम्रो ग्रेडिङ पोलिसीभित्र पर्ने कम्पनीहरुमा मात्र लगानी गर्छौं । हाम्रो विशेषता भनेकै उच्च प्रतिफल दिने कम्पनीहरुमा प्राथमिकताका आधारमा लगानी गर्नु हो ।
– हामीले दिने प्रतिफलका आधारमा लगानीकर्ताहरुले प्रभु सेलेक्ट फन्डमा लगानी गर्न सक्नुहुन्छ ।
– बजारमा लगानीको प्रशस्त अवसर छ तर जोखिम, अनुभव, समय आदिका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न समस्या छ भने यो उपयुक्त अवसर हो ।
– हामीले लगानी व्यवस्थापन गर्न अनुभव प्राप्त तथा दक्षता हासिल गरेका विज्ञहरुको समूह नै बनाएर काम गरिरहेका छौं ।
– हामी लगानीको उच्च प्रतिफलका लागि विभिन्न संयन्त्रमार्फत काम गरिरहेका छौं त्यसैले पनि प्रभु क्यापिटल फन्डमा ढुक्क भएर लगानी गर्न सकिन्छ ।

थप भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया