पत्रकार कृष्णज्वाला देवकोटाले गरे सुप्रवल जनसेवाश्री पदक नलिने घोषणा

नेपालखोज २०७८ असोज ३ गते १५:३१

काठमाडौं । पत्रकार कृष्ण ज्वाला देवकोटाले सरकारले दिने भनेको पदक नलिने घोषणा गरेका छन्। उनले पदक वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठिरहेको अवस्थामा पदक स्वीकार गर्न नैतिक नहुने भन्दै पदक नलिने सामाजिक संजालमार्फत घोषणा गरेका छन्।

सामाजिक संजाल फेसबुकमा उनले खेलेका छन् – ढिलो उठ्ने मान्छे, ढिलै थाहा पाएँ । नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद । तर, पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफै पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ । नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ।

प्रतिक्रिया