चौबीस घण्टामा थपिए ७३४ संक्रमित, थप १२ जनाको मृत्यु

नेपालखोज २०७८ असोज ३ गते १६:४०

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ३०४ जनाको पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८जना गरि कुल ७३४ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ हजार ४१३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसंगै संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ४९ हजार २१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९५ दशमलव ५ प्रतिशत रहेको छ ।

त्यस्तै गत चौबीस २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४० पुगेको छ ।

प्रतिक्रिया