बिहीबार, वैशाख १३, २०८१

अन्तरिक्षमा गएको सार्वजनिक उडान पृथ्वीमा फर्कियो

नेपालखोज २०७८ असोज ३ गते १९:५९

टेक्सास । टेक बिलिनियर एलन मस्कोको कम्पनी स्पेसएक्सको पहिलो स्पेस मिशन ‘इस्पिरेशन -४’ आज सफलतापूर्वक पुरा भएको छ । यो अन्तरिक्ष उडानमा चार जना आम नागरिक सामेल थिए ।

ती चार आम यात्रीका साथै स्पेसएक्सको ड्रागन स्पेस क्राफ्टले तीन दिन पृथ्वीको चक्कर लगाएको थियो । आज बिहान फ्लोरिडाको समुद्रि तटमा ड्रागन स्पेस क्राफ्टको सफल ल्याडिङ भएको समाचारमा उल्ले छ । आम नागरिकलाई लिएर अन्तरिक्षमा जाने यो संसारकै पहिलो स्पेसफ़्लाइट हो ।

सेक्टम्बर १५ मा फ्लोरिडाको क्यानेडी स्पेस सेन्टरमा नासाको प्याड ३९- ए बाट यो मिशन लन्च भएको थियो । यो मिशनको नेतृत्व ३७ वर्षका jared Isaacman ले गरेका थिए । उनि इन्टिग्रेटेड पेमेन्ट प्रोसेसिङ कम्पनी Shift4 Payments को सीईओका साथै दक्ष पाईलट पनि हुन् ।

यो यात्रामा हेली आर्सीनक्स, सियान प्रोक्टर तथा क्रिस सेम्ब्रोस्की पनि सहभागि थिए । २९ वर्षिया हेली बोन क्यान्सर सर्भाईवर हुन् । उनि यो मिशनमा च्यारिटी अभियानलाई प्रतिनिधित्व गर्न छानिएकि थिईन । उता प्रोक्टर र क्रिसले एउटा ग्लोबल प्रतियोगिता जितेर यो मिशनमा सहभागी हुने अवसर जुटाएका हुन् । समुन्द्रमा अवतरण पछि स्पेसएक्सको क्रू ड्रागन क्याप्सुललाई क्रेनको मदतले किनारामा ल्याईएको थियो ।

आर्सीनोक्स सबैभन्दा पहिले बाहिर निस्किईन् । त्यसपछि मिशनका पाईलट ५१ वर्षिय सियान बाहिर आए । क्रू ड्रागन क्याप्सुलबाट बाहिर निस्कने तेस्रो व्यक्ति ४२ वर्षका क्रिस सेम्ब्रोस्की थिए भने अन्त्यमा मिशनका नेतृत्वकर्ता jared Isaacman बाहिर निस्किए । बाहिर निस्कदा उनिहरु सबै जोश र उत्साहले भरिपूर्ण देखिन्थे ।

गएको बिहीबार बिहान ५ः३३ मा अमेरिकाको फ्लोरिडास्थित क्यानेडी स्पेस सेन्टरबाट स्पेसएक्सको क्रू ड्रेगन क्रू ड्रागन क्याप्सुल फाल्कन-९ रकेटबाट अन्तरिक्ष तर्फ प्रस्थान गरेको थियो । यसलाई केवल आम नागरिकलाई लिएर उडेको संसारकै पहिलो अन्तरिक्ष यान बताईएको छ । यो यात्रामा संलग्न चारै जनालाई पांँच महिना लामो प्रशिक्षण दिईएको थियो ।

प्रतिक्रिया