बिहीबार, वैशाख ६, २०८१

मुम्बई चेन्नईसँग २० रनले पराजित, चेन्नई शीर्ष स्थानमा

नेपालखोज २०७८ असोज ४ गते ७:२९

काठमाडौं । आईपीएल २०२१ को दोस्रो चरणको पहिलो खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको छ । यो सँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

जीतपछि चेन्नई ८ खेलबाट १२ अंकसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई भने ८ अंकसहित चौथो स्थानमा छ ।

चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । जवाफमा मुम्बईले ८ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ५० रन बनाए भने क्विन्टन डि ककले १७ तथा अनमोलप्रित सिंहले १६ रनको योगदान दिए । चेन्नईका लागि ड्वेन ब्राभोले ३ तथा दीपक चहारले २ विकेट लिए ।

यसअघि, चेन्नईले ब्याटिङ गर्दा राम्रो सुरुवात गर्न सकेको थिएन । उसले मात्र ७ रनको अवस्थामा ३ विकेट गुमाइसकेको थियो । ओपनर रुतुराज गाइकवाडले ८८, रवीन्द्र जडेजाले २६ तथा ड्वेन ब्राभोले २३ रन बनाउँदै इनिङ सम्हालेका थिए ।

प्रतिक्रिया