सर्वोच्च अदालतलाई ओलीको प्रश्न : ‘रबि लामिछानेको मुद्दामा कसले न्याय पायो ?’

काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले आइतबारको संसद बैठकमा नागरिकता मुद्दामा सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री गुमाउन पुगेका रबि लामिछानेको पक्षमा वकालत गरेका छन् ।
नागरिकता विवादमा सिन्धुलीका युवराज पौडेलले लिएको मुद्दामा सर्वोच्च अदालतले गएको शुक्रबार लामिछानेको नागरिकता अवेध ठहर गर्दै सांसद, उपउप्रधानमन्त्री, गृहमन्त्री पद खारेज गरिदिएको थियो । आफूले एउटा राजनीतिक दलका नेता भएको नाताले सरकार कता जानुपर्छ भन्नेबारे दिशा निर्दिष्ट गर्ने उद्देश्यले सदनमा लामिछानेका बारेमा बोलेको बताए ।
उनले सर्वोच्चले लामिछानेको नागरिकताबारे दिएको फैसलाले कसलाई न्याय भयो भन्ने कुरा आफूले नबुझेको बताए । ‘मुद्दामा कसलाई मर्का र अन्याय भएको थियो र फैसलामा प्रोशिड्यूर इरर अर्थात प्रक्रियागत त्रुटी रहेको फैसलाले कसले न्याया पायो ?’ उनले प्रश्न गरे, ‘रबि मेरा पार्टीका पनि होइनन्, एक जना नागरिकविरुद्ध परेको उजुरीमाथिको फैसलाले कोही न कोहीलाई त न्याय मिल्नु पर्ला नि, रबिको मुद्दामा कसले न्याय पायो फैसलामा उल्लेख छैन ।’
प्रक्रियागत त्रुटी भएको फैसलाले पुरानै नागरिकता र पुरानै मितिमा नागरिक दिएको प्रशासनको व्यवहारले कसको संरक्षण गरिरहेको छ भन्दै उनले प्रश्न गरे । ‘अदालतको काम न्याय दिने हो, यसमा कसले न्याय पायो त्यो मैले बुझ्न सकिनँ’ उनले भने ।
विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिने बहस भइरहँदा लामिछानेको हकमा भएको फैसलाले गम्भीर बनाएको उनको भनाइ थियो । ‘विदेशमा रहेका नेपालीहरुलाई मतदान अधिकार दिने कुरासँगै उम्मेदवारीको अधिकारको विषय पनि अगाडि आउला’ उनले भने, ‘यसो हो भने रबिलाई रबि जीलाई अन्याय भयो कि कसैलाई न्याय भयो ?’
प्रतिक्रिया