शुक्रबार, चैत १६, २०८०

बढ्यो खाने तेलको मूल्य

नेपालखोज २०७८ असोज ४ गते ८:२८

काठमाडौं । नेपालमा खाने तेलको मूल्य बड्दो क्रममा रहेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार विगत २ वर्षमा खाने तेलको मूल्य दोब्बरले वृद्धि भएको छ ।
नेपाल खुद्रा व्यवसायी महासङ्घको २०७६ जेठ ३१ देखि २०७८ भदौ १० गतेसम्मको तथ्याङ्कअनुसार काँचो तोरीको तेल प्रतिलिटर १०० रुपैयाँ, भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपैयाँ र सनफ्लावर तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ ।

२०७७ को जेठ ३१ मा प्रतिलिटर १६० रुपियाँ रहेको काँचो तोरीको तेलको मूल्य गत भदौ १० गते बढेर प्रतिलिटर २६० रुपैयाँ भएको छ । काँचो तोरीको तेल प्रतिलिटर १०० रुपियाँ बढेको पाइएको छ ।

यस्तै २०७६ जेठ ३१ गते प्रतिलिटर भुटेको तोरीको तेल २२० भएकोमा अहिले भुटेको तोरीको तेल प्रतिलिटर ३९० रुपैयाँ छ भने काँचो भटमासको तेल , सनफ्लावर, तोरीको तेलमा प्रतिलिटरमा १० देखि २० रुपियाँ बढेको छ ।

यस्तै २०७६ जेठ ३१ गते भटमासको तेल प्रतिलिटर १३५ रुपियाँ, भएकोमा अहिलेसम्म भटमासको तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ । यस्तै २०७६ जेठ १० गते प्रतिलिटर १३५ रुपियाँ रहेको सनफ्लावर तेल अहिले बढेर प्रतिलिटर २५० रुपैयाँ भएको छ ।

यो अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०५ रुपियाँ बढेको छ । यसरी खाने तेलको भाउमा दोब्बरले वृद्धि भइरहेको छ ।

प्रतिक्रिया