बिहीबार, मंसिर २७, २०८१

चेपाङ समुदायले आज चोनाम पर्व मनाउँदै

नेपालखोज २०७८ असोज ४ गते ९:१६

काठमाडौं । चेपाङ समुदायले आज चोनाम पर्व मनाउँदै छन् । यो उनीहरूको मुख्य पर्व हो ।

नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पर्वमा पूजा गर्ने गरिन्छ । घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने चलन छ ।

चेपाङ समुदायले आजको दिन छरछिमेकी, नाताकुटुम्बलाई बोलाएर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गर्छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ६८ हजार ३ सय ९९ जना चेपाङ रहेको छन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो ।

प्रतिक्रिया