‘आफूहरुको पार्टी एमालेको जस्तै हुन थाल्यो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफूहरुको पार्टी एमाले जस्तै हुन थालेको बताएका छन्।
सोमबार (आज) सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले भने, माओवादी पनि एमालेकरण हुन थाल्यो। झुट, जालझेल, भ्रष्टाचार, पदजसरी नि प्राप्त गर्ने, गुटै गुट। एमाले भन्या त्यही हो ।
झलनाथ, माधव जस्ता पुराना साथीहरु ठिकै ट्रयाकमा अघि बढ्न प्रयत्न गरिरहेको बताउदै आफहरुले सहयोग गरिरहेको जिकिर गरे ।
एमाले विचारविहीन पार्टी बनेको आरोप प्रचण्डको थियो।
उनले भने, ‘केपी ओली छन् नि झुट बोल्न त्यतिको सिपालु मान्छे सायद नेपालमा अरु छैनन्। धोका चाँही आफूले दिने। धोकै धोकाको छ तिनको जीवन तर सजिलै अर्कोलाई धोकेवाज भन्छन्, ओली यति भ्रष्ट्र, यति वेइमानी, यति छली, यति जाली मान्छे छ भनेर सिकाएको चाँही घनश्याम, योगेश, गोकर्ण लगायतका १० जनाको टिमले हो, उनले भने हामीलाई दह्रोसँग टेक्नुस् हामी छौं साथमा भन्नेपनि उहाँहरु नै हो। तर लास्टमा त सबैले आत्मसमर्पण गर्नुभयो अनौंठो लागेको छ।’
माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु ठिक बाटोमा हिँड्ने प्रयत्न गरिरहेको र आफूहरुले त्यहाँ सहयोग गरिरहेको प्रचण्डले बताए।
उनले माओवादीले परिवर्तन र क्रान्तिको नेतृत्व गरेकोले जनतामा अझै आशा रहेको बताए। अन्य दलहरु भन्दा आफूहरु फरक रहेको र त्यसका लागि नेता कार्यकर्ता गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
अन्य दलजस्तै व्यवहार हुने हो भने माओवादीको औचित्य नभएको र पार्टी विघटनको कुरा गरेको उनले बताए।

प्रतिक्रिया