सभामुख विरुद्ध मुद्दाको सुनुवाइ आज
नेपालखोज
२०७८ असोज ४ गते ११:४७

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ आज हुँदैछ । सापकोटाले आफूहरूले गरेको कारवाहीको सिफारिस कार्यान्वयन नगरेको भन्दै एमालेले मुद्दा हालेको थियो ।
एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।
आफ्नो नेतृत्वको सरकारविरुद्ध मतदान गरेको भन्दै नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको थियो । आज न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ हुँदैछ ।
सम्बन्धित

प्रतिक्रिया