एमालेको अवरोधकाबीच प्रतिनिधि सभा बैठक सुरु
नेपालखोज
२०७८ असोज ४ गते ११:५८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकको कार्यसूची अगाडि बढाएका छन् ।
सोमवार (आज)को प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुले नाराबाजीसहित विरोध गरिरहेपनि सभामुख सापकोटाले प्रतिनिधि सभा बैठक अगाडी बढाएका हुन् ।
आजको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७८ लाई पारित गर्ने प्रस्ताव रहेको छ । अहिले बिनियोजन बिधेयकमा बिरोधको सूचना दिनुहुने सांसद प्रेम सुवाल बोलिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया