बिहीबार, वैशाख ६, २०८१

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयक बहुमतले पारित

नेपालखोज २०७८ असोज ४ गते १२:११

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरेका थिए । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।

प्रतिक्रिया