मंगलबार, वैशाख ११, २०८१

स्वास्थ्यसम्बन्धी जारी गरेकाे नियमको पालना गर्न राष्ट्रपतिकाे आग्रह

नेपालखोज २०७७ साउन ७ गते १८:१८

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लकडाउन खुलेपनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरिन् । बुधबार दिउँसाे ट्वीटमार्फत उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् ।

उनले ट्वीटमा ‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन” उल्लेख गरेकी छन् ।

काेराेनाकाे संक्रमण नफैलियाेस् भनेर  गत चैत ११ गतेदेखि जारी रहेकाे लकडाउन साउन ६ गते मंगलबार रातकाे १२ बजे हटाउने निर्णय  सरकारले गर्याे ।

सरकारले लकडाउन खुल्ला गरे पनि काेराेना संक्रमण भने घटेकाे छैन् । पछिल्ला दिनमा कम संख्यामा काेराेना परीक्षण भइरहेकाे छ र यसले सर्वसाधारणमा काेराेना घटेकाे भान भइरहेकाे हुँदा काेराेनाकाे डर मानिसमा हराउँदै गएकाे छ ।  अहिलेसम्म नेपालमा कोभिड–१९ को सङ्क्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको यसबाट मृत्यु भएको छ ।

प्रतिक्रिया