बिहीबार, जेठ २, २०८२

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

नेपालखोज २०७८ असोज ४ गते १३:२५


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल र स्कुटर सहित एक जनालाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको छ ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्ने २४ वर्षका तेज बहादुर खड्कालाई मोटरसाईकल चोरीको अभियोगमा पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

विशेष सुराकीको आधारमा निजलाई पक्राउ गरी निजले लुकाई पार्किङ्ग गरी राखेएको बा ५६ प ४५४४ नंम्बरको पहेँलो रङको डिओ स्कुटर फेला परेको हो । उक्त स्कुटर यहि असोज १ गते मकवानपुर मनहरीका किरण वाईबाले ललितपुरको खुमलटारमा पार्किङ्ग गरको अबस्थामा हराएको भनि महाशाखामा उजुरी दिएका थिए ।

थप अनुसन्धान गर्दै जाँदा निजले चोरी गरि वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३–०२–०१० प ७४४ नम्वर प्लेट भएको कालो राता ेरंगको २२० सी.सी.को पल्सर मोटरसाईकल समेत फेला पारेको हो ।

वास्तविक नं. बागमती प्रदेश ०२–०१७प ७८०३ भएको उक्त मोटरसाईकल यहि भाद्र ३० गते काठमाण्डौको काँडाघारी स्थित पार्किङबाट हराएको खुल्न आएको छ । उक्त मोटरसाईकल भोजपुर वडा नं ५ बोखिम घर भई काँडाघारी बस्ने बिशाल तामाङ्गको रहेको पत्ता लागेको छ ।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया