रुसकाे एक विश्वविद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ८ जनाको मृत्यु
नेपालखोज
२०७८ असोज ४ गते १५:२४

काठमाडाैं । रुसका अनुसन्धानकर्ताहरूले उरलस्थित एउटा विश्वविद्यालयमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन् । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएकाे छ ।
कतिपय शिक्षक र विद्यार्थीले विश्वविद्यालय भवनभित्र लुकेर ज्यान जोगाएका थिए भने केही झ्यालबाट हाम फालेको देखिएको थियो । रुसी प्रहरीले बन्दुकधारीलाई पक्राउ गरिएको जनाएको छ ।
कतिपय विवरणमा आक्रमणकारीले सामाजिक सञ्जालमा आफूले एक्लै हमला गरेको र आफ्नो कुनै राजनीतिक वा धार्मिक उद्देश्य नरहेको धारणा राखेको उल्लेख गरिएको छ ।
यो घटना राजधानी मस्कोबाट झन्डै १३ सय किलोमिटर पूर्वमा रहेको पर्म स्टेट विश्वविद्यालयमा भएको हो । सोमबार बिहान क्याम्पसमा प्रवेश गरेर हमलाकारीले आक्रमण गरेको थियो । रुसी टेलिभिजनको फूटेजमा विद्यार्थीहरू झ्यालबाट हाम फालिरहेको देखिन्छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया