टाटा सफारीको गोल्ड एडिसन, मूल्य कति ?

काठमाडौं । टाटा मोटर्सले टाटा सफारीको नेक्स्ट जेनरेसन सार्वजनिक गरेको छ । प्रिमियम एसयूभी टाटा सफारी गोल्ड दुई रंगमा पाइन्छ । ह्वाइट गोल्ड र ब्ल्याक गोल्ड मा सार्वजनिक गरिएको यो गाडी निकै आकर्षक देखिनेछ । यो गाडी आईपीएलको म्याचका क्रममा दुबईमा सार्वजनिक हुनेछ । नयाँ टाटा सफारीमा शानदार गोल्ड एक्सटेरियर र इन्टेरियर हेर्न पाईन्छ । यो एसयूभीमा चारकोल ब्ल्याक अलोय ह्विल दिइएको छ ।
अत्याधुनिक सानदार डिजाइन
कम्पनीले यो एसयुभिको ह्वाइट गोल्ड भेरियन्टलाई फ्रस्ट ह्वाइट कलरसँग म्याच गराएको छ । यसको रूफ ब्ल्याक छ जसले डुअल टोन अपीरियन्स दिन्छ । टाटा सफारी गोल्डको इन्टेरियरमा माउन्ट ब्ल्याक मार्बल फिनिश प्याडले यसलाई थप शानदार बनाएको छ । यो एसयुभिको ब्ल्याक गोल्ड एडिशनको कलर कफी बिन्सबाट प्रेरित छ । रेडिएन्ट गोल्ड एक्सेन्टले यसको एक्सटेरियरलाई सानदार देखाएको छ । यो ब्ल्याक भेरियन्टको इन्टेरियरमा डार्क मार्बल फिनिस मिड प्याड र गोल्डन टच दिइएको छ ।
यसमा भएका सुविधाहरु
यो एसयुभीको इन्टेरियरमा सानदार फिचर्सजस्तै ओएस्टर ह्वाइट डायमन्ड क्विल्टेड लेदर सीट, वायरलेस चार्जर, एयर प्यूरीफायर, सिटको अगाडि र पछाडि पनि भेन्टिलाइजेसनको व्यवस्था छ । यसमा एन्ड्रोइड अटो र एप्पल कार प्ले र वाईफाई दिईएको छ ।
इन्जिन र परफरमेन्स
यो फ्लेगशिप एसयुभि ६ र ७ सिटमा उपलब्ध हुनेछ । यसमा २ लिटरको डिजल इन्जिनका साथै म्यान्युअल र अटोमेटिक दुवै गियरबक्सको अप्सन उपलब्ध छ । यसको इन्जिनले १७० पिएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ ।
मूल्य कति ?
टाटा मोटर्सले यो एसयूभीलाई आफ्नो सेग्मेन्टको टप सेलर बताउँदै नयाँ प्रेस्टीजियस एसयूभी टाटा सफारी गोल्ड लन्च गरेको बताएको छ । टाटाले यो फ्लेगशिप एसयूभी दिल्लीको शो रुममा २१ लाख ८९ हजार भारुमा उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया