शुक्रबार, वैशाख ७, २०८१

कोरोनालाई जितेपछि…

नेपालखोज २०७८ असोज ५ गते ९:३०

काठमाडौं । कोरोनाबाट मुक्त भएपछि पनि धेरै दिनसम्म शारीरिक थकान एवं कमजोरी कायम रहन्छ र जसलाई कम गर्न केही समय लाग्नुका साथै, केही आफ्नो प्रयास पनि आवश्यक हुन्छ ।

बिहानको ताजा हावा र घाम शरीरका लागि फाइदाजनक हुन्छ भन्ने कुरा तपाईं हामीलाई थाहा भएकै कुरा हो । बिहानको घाम त्यति चर्को हुँदैन, त्यसैले पन्ध्रदेखि बीस मिनेट बिहानको घाममा बस्न सकिन्छ । यसले शरीरमा भिटामिन-डीको कमि हुन दिँदैन । यदि बिहान सबेरै उठ्ने बानी बसाल्न सकियो भने त्यसले हामीमा ऊर्जा भर्ने काम गर्छ । यसबाट शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा पनि बलियो हुन सकिन्छ ।

कोरोना संक्रमणका कारण शरीर निकै कमजोर हुन्छ । आफ्नो कमजोर शरीरलाई छिटोभन्दा छिटो तन्दुरुस्त बनाउन नियमित रुपले योग एवं व्यायाम गर्न सकिन्छ । यति बेला धेरै कडा व्यायाम भने गर्नु हुँदैन । आफूले सक्ने वा आफूलाई सहज महसुस हुने खालका व्यायाम मात्र गर्नुपर्छ ।

ड्राईफ्रुट्स प्रोटिन र भिटामिनले भरिपूर्ण हुन्छ । दिनहुँ बिहान एक मुठ्ठी किसमिस, दुई वटा बदाम तथा दुई वटा ओखर खानु फाइदाजनक हुन्छ । ड्राईफ्रुट्सलाई राति भिजाएर बिहान खाँदा बढि लाभ प्राप्त हुन्छ । ड्राईफ्रुट्सको नियमित सेवनले शरीरलाई शक्ति प्रदान गर्छ ।

पौष्टिक खाना खानुपर्छ
कोरोनाबाट ठीक भएको तुरुन्त जे पनि खाने गल्ति गर्नु हुँदैन । त्यस्तो खाना खानु पर्छ जून हल्का र सुपाच्य होस् । हरेक दिन दाल पिउनु पर्छ किनभने दाल पौष्टिकताले भरिपूर्ण हुन्छ । मसलायुक्त खाना केही दिनका लागि खानु हुँदैन । त्यस्ता खानाले समस्या झन् बढार्उछ ।

प्रतिरोधक क्षमता बढाउन के गर्ने
कोरोना भाइरसले रोग प्रतिरोधक क्षमता धेरै कमजोर बनाइ दिन्छ । त्यसैले आफ्नो इम्युनिटी बढाउन जीरा, धनियाँ र सुपको चिया पिउनुपर्छ । हर्बल-टी पनि पिउन सकिन्छ । यसो गर्दा तनाव मात्र घट्ने होइन पाचन तन्त्र पनि सही हुन्छ ।

प्रतिक्रिया