मंगलबार, वैशाख ११, २०८१

राजघरानासँग सम्बन्ध राख्ने यी अभिनेत्री

नेपालखोज २०७८ असोज ५ गते ११:३०

भारत १९४७ मा स्वतन्त्र भएपछि राजघराना र रियासतहरुको हातबाट सत्ता खोसियो । आफैंमा अनेक किसिमका इतिहास समेटेका स-साना देशहरु भारत गणराज्यमा विलय भए । ती देशका राजघरानाका सदस्यहरु मध्ये कतिपय राजनीतिमा लागे भने केही बन्दब्यापारमा होमिए । तिनै पुराना राजपरिवारसँग सम्बन्ध राख्ने केही चाहिँ कलाकार पनि भएका छन् ।

अदिति राव हैदरीको सम्बन्ध एक होइन दुई राजघरानासँग छ । अदिति असम राज्यका पूर्व राज्यपाल मोहम्मद सालेह अकबर हैदरीकि नातिनी हुन् भने उनका मावलि हजुरबुबा जे. रामेश्वरम वनापर्थीका राजा थिए ।

भाग्यश्री महाराष्ट्रको सांगली राजघरानासँग सम्बन्ध छ। भाग्यश्री पूर्व राजा विजय सिंह राव माधोराव पटवर्धनकी छोरी हुन् ।

सोनल चौहान पनि राजघरानासँग सम्बन्धित छिन् । सोनल उत्तर प्रदेश को शाही राजपूत परिवारकी हुन् र उनको परिवार उत्तर प्रदेश को मैनपुरी जिल्लामा बसोबास गर्छ ।

सोहा अली खानका बारेमा त धेरैलाई जानकारी छ । सोहा पटौदी रोयल फेमिलीकी छोरी हुन् । सोहाका पिता मन्सुर अली खान पटौदी भोपालका नवाब थिए ।

बलीउड एक्ट्रेस रिया सेन तथा राइमा सेन पनि पुरानो राज परिवारका सदस्य हुन् । रिया र राइमाका बुबा भारत देव वर्मा त्रिपुराको राजपरिवारका सदस्य थिए । उनकी हजुरआमा इला देवी कूच बिहारकी राजकुमारी थीइन्, भने बुढि हजुरआमा इन्दिरा राजे बडोदाका सयाजीराव गायकवाड तृतीयकी एक्लि छोरी थिइन् ।

आमिर खानकी पूर्व पत्नी किरण राव तेलंगाना को महबूबनगर स्थित वानापार्थी राजघरानासँग सम्बन्धित छिन् ।

भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा ।

प्रतिक्रिया