नेपाली महिला फुटबल टोली हङकङसँग खेल्दै
नेपालखोज
२०७८ असोज ५ गते ६:४९

काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज हङकङसँग खेल्ने भएको छ । एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपाली समय अनुसार आज दिउँसो ३ः४५ बजे नेपालले हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल हुनेछ । समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो । त्यो खेलमा नेपाल २–१ ले पराजित भएको थियो । अन्तिम केहि मिनेट सम्हालिन नसक्दा नेपाल सुरुवाती अग्रता बनाएर पनि पराजित भएको थियो ।
एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम आज हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया