विश्वमा कोरोना : पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार संक्रमित

नेपालखोज २०७८ असोज ५ गते ७:२७

काठमाडौँ । विश्वका देशहरूमा कोरोना संक्रमणको दर उल्लेख्य मात्रामा घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ८१ हजार ९०३ जना संक्रमित थपिएका छन् ।

यो अवधिमा ५ हजार ४५९ जनाले संक्रमितका कारण ज्यान गुमाएको ओल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो विवरणअनुसार ब्राजिलमा ७ हजार ८८४ जना मात्रै संक्रमित थपिदा अमेरिकामा ७३ हजार ६९४, बेलायतमा ३६ हजार १००, भारतमा २४ हजार ९२५ र रुसमा १९ हजार ७४४ संक्रमित थपिएका छन् ।

मृत्यु हुनेमा अमेरिका भन्दा धेरै रुसका छन् । रुसमा ७७८ जनाको ज्यान गएको छ । अमेरिकामा ६११ जनाले २४ घण्टामा ज्यान गुमाएका छन् । भारतमा २५१, ब्राजिलमा २४८ र बेलायतमा ४९ जनाको मृत्यु भएको ओल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया