कोरोना खोप लगाएकालाई अमेरिका खुकुलो
नेपालखोज
२०७८ असोज ५ गते ७:३७

काठमाडौं । अमेरिककाले पूर्णमात्रामा खोप लगाएका विदेशी यात्रुलाई आफ्नो देश प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ ।
नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुहरू कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ मात्र गरेपछि अमेरिका जान पाउनेछन् ।
गतसाता मात्र ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो । कोभिड नियन्त्रणका लागि भन्दै १८ महिनाअघिदेखि त्यहाँ हवाईयात्राका कडा प्रतिबन्धहरू लगाइएको थियो । यो कदमले अमेरिकाका युरोपेली साझेदारको एउटा मुख्य मागलाई सम्बोधन गरेको छ ।
सोमवार नयाँ नियमहरूको घोषणा गर्दै ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले यो अझ बलियो प्रणाली रहेको बताए । अमेरिकी प्रतिबन्ध सबैभन्दा पहिले सन् २०२० को सुरुतिर चीनबाट आउने यात्रुहरूमा लगाइएको थियो जुन पछि अन्य देशहरूका लागि विस्तार गर्दै लगियो ।
सम्बन्धित
प्रतिक्रिया