बिहीबार, वैशाख १३, २०८१

हात्तीको आक्रमणबाट ममनीदेवीको मृत्यु, स्थानीय आन्दोलित

नेपालखोज २०७८ असोज ५ गते ८:२०

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मा हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यू भएको छ ।

मधुवनमा सोमबार हात्तीको आक्रमणबाट स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए ।

घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको र उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यू भएको हो ।

हात्ती कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको बताइएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् । जंगली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेको स्थानीयले बताए ।

प्रतिक्रिया