राष्ट्रिय सभामा आज विनियोजन विधेयक पेस हुने
नेपालखोज
२०७८ असोज ५ गते ९:४०

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्ने बताइएको छ । आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुने कार्यसूची छ ।
दलहरुबीच सहमति भएमा सम्भवत आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पछि ७२ घण्टा संशोधन समय दिइनेछ । सांसदहरले बजेटमाथि संशोधन राख्न पाउँछन् ।
प्रतिनिधि सभाको अर्को बैठक पर्सिका लागि बोलाइएको छ । अबको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पनि पारित गर्ने तयारी गरिएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया