बिहीबार, जेठ २, २०८२

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

नेपालखोज २०७८ असोज ५ गते १०:०७


काठमाडौं । बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा सोमबार (हिजाे) बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ।

घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन् ।

उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए ।
–रासस

प्रतिक्रिया