सोमबार, वैशाख २९, २०८२

सुनचाँदीको भाउ बढ्याे, आज कतिमा काराेबार हुदैँछ ?

नेपालखोज २०७८ असोज ५ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ३०० सय रूपैयाँले बढेर ८९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन ८८ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुन पनि ३०० रुपैयाँले बढेर ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलाको ५ रुपैयाँले बढेर १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया