एमालेले भन्याे- सभामुखले पदीय मर्यादा कायम गर्न सकेनन्

नेपालखोज २०७८ असोज ५ गते १४:१७

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठ सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेका छन् ।

मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गरेका हुन् ।

बैठक सुरु हुनासाथ सदा झैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए ।

त्यसपछि बोल्न सुरु गरेका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदहरुलाई कारबाही गरेको सिफारिस अनुसार उनीहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोपसमेत लगाए ।

उनले भने, ‘हामी सोध्न चाहन्छाैं, कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसीसकेपछि मर्यादा कसैले पनि उलंघन गर्नहुन्न । त्यो कुर्सीको गरिमालाई जोगाउनु चाँही पर्छ । यदि कुसीको गरिमालाई जोगाउन सकिन्न भने त्यो कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन र हामीले भनिराखेका छौं –तत्काल उहाँले निकास दिनुपर्छ भनिरहेका छौं । त्यो भनेको राजीनामा हो । आज नेपालमा चाँही सदनदेखि सडकसम्म यो कुरा उठिरहेको छ । विश्वले के भनेको होला । आज कोईसन उठिरहेको छ । गैर सांसदलाई सदनमा राखेर विधेयकहरु ल्याईन्छन । गैर सांसदहरुलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यो सदनको त्यो संविधानको रक्षा भएको कि भएन ?’

सांसद श्रेष्ठले गैर सांसदहरुलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन ? भनि प्रश्नसमेत गरे ।

उनले संविधान विपरित, संसदको मर्यादा विपरित आफ्नो दलले कारबाही गरेर १४ जना सांसदहरुलाई सभामुख सापकोटाले पदमुक्त नगरेसम्म राष्ट्रियसभा पनि चल्न दिने अवस्थामा नरहेको स्पष्ट पारे।

प्रतिक्रिया