बिहीबार, मंसिर २७, २०८१

कुलमानलाई काम गर्ने बाटो खुल्यो

नेपालखोज २०७८ असोज ५ गते १६:४७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि घिसिङलाई काम गर्ने बाटो खुलेको छ ।

घिसिङको नियुक्तिविरुद्ध निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश दिएको छ । घिसिङको नियुक्ती बदरको माग गर्दै भदौ २ मा सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अन्तरिम आदेशमार्फत घिसिङलाई काम गर्न रोक लगाउन माग गरेका थिए ।

शाक्यले आफ्नो सहमतिबिना प्राधिकरण बाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै आफू सोही पदमा बहाल रहेको जिकिर गरेका छन् । आफुले राजीनामा दिएको वा प्रक्रिया पूरा गरीबीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने उनको जिकिर छ ।

प्रतिक्रिया