शुक्रबार, वैशाख १४, २०८१

महिला एसियन कप -नेपाल समूह चरणबाट बाहिरियो

नेपालखोज २०७८ असोज ५ गते १८:४१

काठमाडौं । नेपाल एएफसी महिला एसियन कप-२०२२ छनोटको समुह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

बलमा पकड जमाएपनि नेपालले हङकङविरुद्ध गोल निकाल्न सकेन । हङकङले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन । नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपाल पराजित भएको थियो। सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १-० ले पराजित भएको थियो।

यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३-० ले पराजित भएको थियो। हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ । यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

प्रतिक्रिया