विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्छौं : नेता नेपाल

नेपालखोज २०७८ असोज ५ गते १९:५७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताएका छन् । मंगलबार पार्टीको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेकपा एमालेबाट बाध्य भएर बिद्रोह गर्नु परेको भन्दै अध्यक्ष नेपालले यो कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता र परिवर्तन भएको बताए । उनले पार्टीले नराम्रा कुराहरुलाई पन्छाएर राम्रा कुराहरुलाई मिलाउने पनि बताए । अध्यक्ष नेपालले पार्टी अब जनताको आवश्यकता अनुसार हिँड्ने बताए । उनले नेकपा एकीकृत समाजवादी पार्टीले परिवर्तनकारी धारको अगुवा शक्ति बन्ने पनि दाबी गरे ।

अध्यक्ष नेपालले भने, ‘हामीले बाध्य भएर बिद्रोह गर्नु परेको हो । यो हाम्रो निरुन्तरता र परिवर्तन पनि हो । यसलाई भन्छन् कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता हो यो । तर विगतमा भएका कमि कमजोरीलाई पन्छाउँदै हामी अघि बढ्छौँ । राम्रा कामहरुलाई मिलाउँछौँ । राम्रा कुरालाई साथमा लिएर जान चाहन्छाैं । अब जनताको चाहनाहनुसराको काम हुन्छ । हामी यथास्थिति, परिवर्तनवादी धारको अगुवा शक्तिको रुप बनेर देखाउनेछौँ । हामी व्यक्तिवाद, अधिकारवाद, निरंकुश प्रवृत्ति विकृति, राष्ट्रिय पूँजीवादलाई प्रोत्साहन दिन चाहन्छौँ । हामी देशभक्तिको झण्डा बोक्न चाहन्छौँ । हामी विधि, पद्धतीलाई मान्छौँ, स्वेच्छाचारितालाई अन्त्य गर्नेछौँ, हामी विज्ञान प्रविधिको व्यापक प्रयोग गर्नेछौँ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम र प्रदेश दुईमा नेकपा एमाले भन्दा ठूलो भएर संसदमा रहेको बताए ।

प्रतिक्रिया