आइतबार, असार १५, २०८२

जम्मु-कश्मीरमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

नेपालखोज २०७८ असोज ५ गते २१:१४

कश्मीर । भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरुलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उनिहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका दृश्यहरुमा पहाडमा हेलिकप्टर खसेको दृश्य र स्थानीय बासिन्दाले पाइलटलाई उद्धार गरिरहेका देखाइएको छ । अधिकारीका अनुसार घटना बिहान साढे दश बजेको हो ।

प्रतिक्रिया