‘सामाजिक कुरीति र विकृतिलाई निर्मूल पार्नु पहिलो दायित्व’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक कुरीति र विकृतिलाई निर्मूल पार्नु नेपाल र नेपालीको पहिलो दायित्व हुने बताएका छन् । ४२ औं सामाजिक सेवा दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले दिवसको मर्म सामाजिक रूपान्तरण र समाजको विकास रहेको उल्लेख गरे ।
उनले ‘सर्वजन हिताय, सर्वजन सुखाय’ भन्ने पूर्वीय दर्शनको सार नै सामाजिक सेवाभाव रहेको बताए । आजको विश्व परिवेशमा हुँदा खाने र हुनेखानेका बीचको खाडल दिनप्रतिदिन बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसङ्घ र सदस्य राष्ट्रहरुले सामूहिक प्रतिबद्धताको दस्तावेज दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेका छन् ।
यसको मूल सिद्धान्त कोही पनि नछुटुन् भन्ने रहेको देउवाले व्यक्त गरेको सन्देशमा उल्लेख छ ।
दिगो विकास लक्ष्यमा साझेदारीको सवाललाई प्राथमिकताका साथ अगाडि सारिएको अवस्थामा यस वर्षको सामाजिक सेवा दिवस राष्ट्र निर्माणमा विकासका लागि साझेदारी गर्न सफल हुने उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया