गुल्मीमा पहिरोले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु
नेपालखोज
२०७८ असोज ६ गते ७:०३

गुल्मी । गुल्मीमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जानाको मृत्यू भएको छ । गएराती सुतिरहेको समयमा घरमाथिबाट पहिरो झर्दा रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारका छोरीहरू २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार राती करिब १ बजे घरमाथिबाट पहिरो झरेको थियो । पुरिएका उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको छ ।
तिलक परियार, उनकी पत्नी र अर्की एक छोरी सुरक्षित छन् ।
सम्बन्धित

प्रतिक्रिया