मन्त्रीको नाम टुंग्याउन कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालखोज २०७८ असोज ६ गते ७:२२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने देउवाको सचिवालयले जनाएको छ । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवाले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेका छन् । सत्तापक्ष गठबन्धनका नेताहरूले पनि देउवाको प्रस्तावमा सहमति जनाएका छन् । उनले आजै शपथ लिने बताइएको छ ।

प्रतिक्रिया