घोप्टेभिरमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

नेपालखोज २०७८ असोज ६ गते ७:४५

चितवन । गएरातिबाट पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ११ः४५ बजे पहिरो खसेको हो । विहानैबाट पहिरो पन्छाउने काम सुरु गरिए पनि ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया