मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुल्दै
नेपालखोज
२०७८ असोज ६ गते ८:१७

काठमाडौं । मुक्तिनाथ मन्दिर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । कोरोना संक्रमण बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै मन्दिर बन्द थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर घटेको भन्दै मन्दिर खुला गर्ने निर्णय गरेको हो ।
पीसीआर परिक्षण रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश गर्न पाउने समेत व्यवस्था गरिएको पौडेलले बताए । उनका अनुसार पीसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश दिइने निर्णय भएको छ ।
सम्बन्धित

प्रतिक्रिया