ललितानिवास प्रकरणमा मेराे संलग्नता छैन : गच्छदार
नेपालखोज
२०७८ असोज ६ गते १४:२२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको दाबी गरे । ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको उनले आरोप लगाए ।
ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पेस मात्र गरेको बताए । ‘मैले व्यक्तिगत रुपमा लाभ लिएर नेपाल सरकारलाई हानी पु¥याएको अवस्था छैन,’ उनले भने ।
मुद्दा निष्पक्ष रूपमा नचलाइएको र छानीछानी चलाइएको उनको भनाइ छ । उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया