आफ्नै सवारीसाधन प्रयोग गरेर ट्रायल दिन पाइने
नेपालखोज
२०७८ असोज ६ गते १६:१८

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरेर सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाइने व्यवस्था हटाएको छ ।
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई संशोधन गर्दै विभागले सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था हटाएको हो ।
सरकारले २०७७ चैत १९ गते जारी गरेको कार्यविधिमा आफ्नै सवारीबाट ट्रायल दिन पाइने व्यवस्था थियो । योसँगै अबदेखि परीक्षार्थीहरूले यातायात व्यवस्था विभागका कार्यालयहरूका सवारी साधनबाट नै ट्रायल परीक्षा दिनुपर्नेछ ।
सम्बन्धित

प्रतिक्रिया